arrow

शीर्ष मधेसी नेता तराईमा हुँदा बालुवाटारमा वार्ता

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
471256657.jpeg
काठमाडौं । संयुक्त मधेसी मोर्चाको विराटनगरमा बैठक चलिरहँदा राजधानीस्थित प्रधानमन्त्री निवास बालुवाटारमा चाहिँ सरकार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाकै राजधानीमा उपस्थित नेताबीच वार्ता सुरु भएको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफुहरुलाई रातीको समयमा वार्ताका लागि खबर गरेको तर आफुहरु उपस्थित हुन नसक्ने बताएको जनाएका छन् । विराटनगरको बैठकमा उपेन्द्रसँगै राजेन्द्र महतोलगायतका मधेसी नेता छन् । राजधानीको वार्ताको नेतृत्व लक्ष्मणलाल कर्णले गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस आन्दोलनका माग सम्बोधन गर्ने उद्देश्यले वार्ता बोलाएका हुन् । बार्तामा तीन ठूला दलबीच मधेसको मागबारे साझा धारणा बनाउने तयारी गरिरहेका छन्। मोर्चाले यसअघि नै सरकारसमक्ष ११ बुँदे माग पेश गरिसकेको छ ।

मोर्चाले प्रदेशको सीमांकनमा फेरबदल, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समानुपातिक समावेशी प्रतिनिधित्व र नागरिकतासम्बन्धी मागलाई वार्ताको न्यूनतम शर्त मान्दै आएको छ । पछिल्लो पटक सरकार र मोर्चाबीच गत मंसीर २ गते मात्र वार्ता भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ