arrow

भारतमा दिन प्रतिदिन घट्दै संक्रमित

logo
एएनआई,
प्रकाशित २०७८ फागुन २४ मंगलबार
corona-india-cold.jpg

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप तीन हजार ९९३ संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

योसँगै भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ४९ हजार ९४८ पुगेको अधिकारीहरुले जनाएका छन् । सक्रिय संक्रमितको यो संख्या कूल संक्रमितको ०।१२ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा आठ हजार ५५ कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ६ हजार १५० पुगेको छ । भारतमा कोरोना भाइरस संक्रमण मुक्त दर ९८।६८ प्रतिशत रहेको समाचारमा जनाइएको छ । कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १५ हजार २१० को मृत्यु भएको छ । तीमध्ये  १०८ को पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।  

गत आइतबार एक दिनमा भारतमा आठ लाख ७३ हजार ३९५ को कोरोना परीक्षण गरिएको छ । भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड ४३ लाखभन्दा बढी व्यक्तिको कोरोना परिक्षण भइसकेको छ । भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको  एक अर्ब ७९ करोड १३ लाख भन्दा बढी डोज खोप लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ