arrow

अन्नपूर्ण केबलकार भोलिदेखि बन्द हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
Annapurna Cablecar.jpg

पोखरा । पोखरास्थित पहिलो केबलकार अन्नपूर्ण केबलकार भोलि बुधवारदेखि बन्द हुने भएको छ । पोखराको सेदीबगरदेखि सराङकोट जाने अन्नपूर्ण केबलकार फागुन २५ गतेदेखि ३० गतेसम्म बन्द हुने कम्पनीले जनाएको छ ।

नियमित मर्मत सम्भार गर्नका लागि केबलकार बन्द गर्न लागिएको हो । केबलकार चैत्र १ गतेदेखि नियमित सञ्चालनमा आउने सो कम्पनीले जनाएको छ ।

केबलकार फागुन ६ गतेदेखि नियमित सञ्चालनमा आएको थियो । केबलकारमार्फत पोखराको फेवाताल किनारबाट सराङकोट (दुई किमी दूरी) पुग्न नौ मिनेट मात्रै लाग्नेछ । 

अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठी केबलकार निर्माणमा करिब दुई अर्ब लगानी भएको छ । कोरोना महामारीले निर्धारित समय भन्दा केही ढिलो गरी केबलकार सञ्चालनमा आएको हो । सुरुआतमा एक अर्ब ३० करोड लागत अनुमान गरिएकोमा संरचना थप र सङ्क्रमणकालीन समयका कारण लागत बढेको कम्पनीको दावी छ । कम्पनीमा स्थानीयको २५ प्रतिशतको लगानी छ ।

केबलकारको १७ गोण्डोला यात्रुका लागि र एक गोण्डोला सामान ओसारपसार गर्न प्रयोग गरिनेछ । एक गोण्डोलामा आठ जनाको सिट क्षमता छ । केबलकारबाट फेवातालसँगै सराङकोटबाट सूर्योदय, मनोरम हिमशृङ्खला, मनोरम पोखराको दृश्य अवलोकन गर्न सकिनेछ । केबलकारको माथिल्लो स्टेसनमा भ्यू टावर, गार्डेन, पार्किङ, रेष्टुरेन्ट, कफी सप हुनेछन् । पोखरामा पहिलो केबलकार निर्माणले यहाँ नयाँ पर्यटकीय गन्तव्य थप्ने र आन्तरिक एवं बाह्य पर्यटनलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ