arrow

सुरुङ्गामा नोबेलको दुई दिने निःशुल्क स्वास्थ्य शिविर, उल्लेख्य सहभागीता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २५ बुधबार
Nobel-Health-Camp-(1).jpg

झापा । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कनकाई नगरपालिकासँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले दुई दिने शिविर सञ्चालन गरेको हो ।

कनकाई माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो दिन मंगलबार १०५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उपचारका लागि शिविरमा आएका १८९ जनाको रक्त परीक्षण, १७८ जनाको  भिडियो एक्सरे र ९७ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

त्यस्तै दाँतमा समस्या भएका ३२ जनाको दाँत खोलिएको छ । शिविर बुधवार पनि जारी रहने आयोजकले जनाएको छ । नोबेलले शुक्रबार सुनसरीको गढी गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेर ७५३ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । 

ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ