arrow

महिला राजनीतिकर्मीहरुको गोलमेच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २५ बुधबार
275419551_1058679498192387_7767430763601299538_n.jpg

काठमाडौं । भारतीय राजदूतावास अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा सम्पर्क (भारत–नेपाल एलम्नाई सञ्जाल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक गोलमेच छलफलको आयोजना गरेको छ । 

राजधानीमा भएको ‘महिलाको राजनीतिक सहभागीताः चुनौती र समाधानका बाटाहरु’ विषयक सो छलफलमा नेपालका नेतृहरु डा. आरजु राणा देउवा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सांसदहरु डा. बिन्दा पाण्डे र पुष्पा भुषालको सहभागीता थियो । प्राध्यापक इला शर्मा सो छलफलको सहजकर्ताको रुपमा थिइन् । 
 
छलफलका वक्ताहरुले राजनीतिक वृत्तमा महिलाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महिला हकलाई उजागर गर्न गर्नुपर्ने प्रयासबारे चर्चा गरे । 

छलफलका वक्ताहरुले वर्तमान समयमा महिला नेतृत्वको खाँचो भइसकेकाले नीति निर्माणको क्षेत्रमा महिलाको प्रतिनिधित्व एवम् सहभागीतालाई थप विस्तार तथा सुनिश्चित गर्न महिला सम्बन्धी कानूनी प्रावधानको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ