arrow

उत्तरप्रदेशमा भाजपा अगाडि, योगी पक्का, पञ्जाबमा सिद्धुलाई सकस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
FNdAjv8aMAIqoWc.jpg

काठमाडौं । भारतका पाँच राज्यमा मतगणना भइरहेको छ । जसमा सबैभन्दा बढी प्रतिक्षित राज्य उत्तर प्रदेशमा भारतीय जनता पार्टी भाजपाको गठबन्धन एनडीए अगाडि रहेको छ । बिहान शुरु भएको मतगणनाको पछिल्लो अवस्था हेर्दा एनडीए २४७ सिट अगाडि रहेको छ । ४०३ सिटमा बहुमत ल्याउन २०२ सिट जित्नुपर्छ । 

त्यसमध्ये अहिलेसम्म २४३ सिटका लागि मतगणना भइरहेको छ । जसमा एनडीए १५२ सिटमा अगाडि रहँदा सपा गठबन्धन ८२ सिटमा अगाडि छ । त्यस्तै कांग्रेस ३, बसपा ५ तथा अन्य २ सिटमा अगाडि रहेका छन् । 

यो प्रारम्भिक अग्रता अनुसार उत्तरप्रदेशमा फेरि पनि योगी आदित्यनाथ नै मुख्यमन्त्री बन्ने आँकलन गर्न सकिन्छ । 

आदित्यनाथ गोरखपुरमा अगाडि रहेका छन् । एक्जिट पोलहरुले बीजेपीको गठबन्धनलाई बहुमत आएको देखाएका छन् ।

पञ्जाब राज्यमा ११७ सिटमध्ये एनडीए मात्र ४ सिट अगाडि रहेको छ । त्यहाँ आप ८३ सिटसहित अगाडि रहेको छ । कांग्रेस १८ सिटसहित अगाडि रहेको छ । शिअद भने १० सिटसहित अगाडि छ । 

पञ्जाबमा कांग्रेस नेता नवोजित सिंह सिद्धुको स्थिति भने कमजोर बन्दै गएको छ । सिद्ध् आफ्नो चुनावी क्षेत्रमा तेस्रो नम्बरमा धकेलिएका छन् । 

उत्तराखण्डमा भाजपा ७० मध्ये ४० सिटसहित अगाडि छ । कांग्रेस २६ सिटसहित दोस्रो स्थानमा छ । 

मणिपुरमा ६० सिटमध्ये भाजपा २६, कांग्रेस १३, एनपीएफ ७ तथा एनपीपी ५ सिटमा अगाडि छ । 

गोवामा ४० सिटमध्ये भाजपा २०, यूपीए १३ सिटमा अगाडि छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ