arrow

१६ वर्षदेखि अनसनरत शर्मिलाले अदालतमा भनिन्– म मुख्यमन्त्री बन्न चाहन्छु

अनसन तोड्ने बताएसंगै धरौटीमा रिहा

logo
प्रकाशित २०७३ साउन २५ मंगलबार
irom_sharmila_hospital.jpg.jpeg
काठमाडौं । भारतको मणिपुरमा १६ वर्षदेखि सशस्त्र बलको विशेषाधिकार ऐनको विरोधमा आमरण अनसन बस्दै आएकी इरोम शर्मिलाले मंगलबार अनसन तोड्ने भएकी छन् । 
 
शर्मिलाले ‘अफस्पा’ विरूद्धको अभियान चलाएकी हुन् । अफस्पा (जसले मणिपुर, जम्मु कश्मिर लगायतका सशस्त्र बललाई आफुखुसी बल प्रयोग गर्न दिने जस्तो विशेष अधिकार दिएको छ । 
 
मणिपुरको ‘आइरन लेडी’ नामले परिचित शर्मिलाले जुलाई २६ मा आफुले अगष्त ९ को अदालत सुनुवाईसँगै अनसन तोड्ने घोषणा गरेकी थिइन् । अनसन तोड्ने बताएसंगै उनी धरौटीमा रिहा भएकी छन् । उनले अदालतलाई १० हजार रुपैयाँ धरौटीमा बुझाएकी छन् । यसअघि उनलाई अस्पतालको जेल वार्डबाट हरेक महिनाको १५–१५ दिनमा अदालतमा उपस्थित गराउने गरिएको थियो । 
 
मंगलबार अदालतमा बयान दिने क्रममा शर्मिलाले भनिन, ‘म मणिपुरको मुख्यमन्त्री बन्न चाहन्छु र यो अफस्पालाई खारेज गर्न चाहान्छु ।’ सर्मिलाले आफु १६ वर्षदेखि अनसनमा रहँदा पनि उपलब्धि केही नभएपछि अब आफुले विरोधको ढाँचा परिवर्तन गर्न चाहेको बताएकी छन् । 
 
‘अबको फरक विरोध शैलीमा मैले राज्यको मुख्यमन्त्रीमा आफ्नो उमेद्वारीलाई देखेको छु –शर्मिलाले भनिन् । अचम्म त उनले आफ्नो निर्णयबारे परिवारका सदस्यलाई भनेकी छैनन् । उनकी आमाले समेत उनले अनसन नतोडे सम्म नभेट्ने कसम खाएकी छन् ।   
शर्मिलाको अगामी अदालती सुनुवाई अगष्त २३ मा हुनेछ । –एजेन्सीको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ