arrow

एकैदिन ३५ सयले घट्यो सुन, एक लाख दुई हजारमा कारोबार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
gold-final-2022.jpg

काठमाडौं । सुनको मूल्य बिहीबार तोलामा तीन हजार ५०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ  कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । जुन अहिलेसम्मकै बढी थियो । 
 
यसैगरी, बिहीबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको मूल्यमा पनि प्रतितोलमा ४५ रुपैयाँको दरले घटेको छ । बुधबार एक हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ४०५ रुपैयाँमा निर्धारण भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ