arrow

छ सय रुपैयाँले बढ्यो सुन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
gold-final-2022.jpg

 काठमाडौंं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ । 

बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।  

आज चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महासंंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ