arrow

वाणिज्य संघ मंगलबारे शाखाले किसानलाई तरकारी खेतीबारे तालिम दिएर बाँड्यो बिउबिजन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
275293720_330566702369398_53929444206321556_n.jpg

इलाम । इलाम उद्योग वाणिज्य संघ शाखा मंगलबारेले तरकारी खेतीसम्बन्धी एक दिने तालिम तथा बिउबिजन वितरण कार्यक्रम आयोजना गरेको छ । देउमाई नगरपालिका ४ का व्यवसायिक कृषक छनौट गरी ११७ जनाको उपस्थितिमा तालिम दिनुका साथै बिउबिजन बाँडेको हो । 

कार्यक्रमका अतिथि राजेन्द्र बास्तोलाले तालिममा सहभागीमध्ये जेष्ठ सदस्यलाई बिउ वितरण गरी कार्यक्रमको शुभारम्भ गरिएको गरिएको मंगलबारे शाखाका महासचिव सोम लुइटेलले बताए । देउमाई नगरपालिका ४ को सहयोगमा उक्त कार्यक्रम गरिएको हो । 

जसमा ७७ जना व्यववसायीक कृषकलाई निःशुल्क बिउ बिजन वितरण गरिएको संघका अध्यक्ष रमेश श्रेष्ठले बताए ।  कृषिविज्ञ देउमाई कृषि शाखाका प्रमुख चन्द्र कट्टेल र सुवास घिमिरेले कृषकहरूलाई तालिम दिएका हुन् । 

कार्यक्रममा तरकारी खेतीसम्बन्धी तालिमका अलावा मकै, सिमी, करेला, फर्सी, काँक्रा मुलाको बिउलगायत बालीलाई आवश्यक पर्ने  रिफेन पाउडर पनि वितरण गरिएको संघका सचिव अनिल नेपालले बताए ।

स्थानीय कृषकलाई प्रोत्साहन गरी नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उदेश्यका साथ तालिम आयोजना गरिएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ