मुद्रास्फीति बढेपछि पाकिस्तानी नागरिक त्रसित, घरायसी सामान किन्न पनि सकस
एजेन्सी,
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
1k
Shares
कराँची। पाकिस्तानी नागरिकहरू 'कमजोर' वित्तीय स्थिति र बढ्दो मुद्रास्फीतिबाट निराश हुँदै गएका छन्। मुद्रास्फीतिले घरायसी सामानहरू किन्न नसक्ने अवस्थामा उनीहरू पुगेका छन्।
आईपीएसओएस सर्वेक्षणका अनुसार आफ्नो व्यक्तिगत आर्थिक स्थितिलाई ‘कमजोर’ रहेको ठान्ने पाकिस्तानी जनसङ्ख्या सन् २०२१ मार्चमा २७ प्रतिशत रहेकोमा अहिले ४२ प्रतिशतमा बढेको छ। देशभरका करिब ८७ प्रतिशत जनता कमजोर आर्थिक अवस्थाबाट विचलित भएका छन्। किराना र अन्य घरायसी सामानहरू किन्न नसक्ने अवस्थामा पुगेको द न्यूज इन्टरनेशनलले रिपोर्ट गरेको छ।
यसैबिच, चीनमा ६९.७ प्रतिशत उपभोक्ताको विश्वास वृद्धि हुँदै यस क्षेत्रमा सबैभन्दा शीर्ष स्थानमा छ भने ६१.४ प्रतिशतसहित भारत दोस्रो स्थानमा छ। आईपीएसओएसले फेब्रुअरी २४ देखि मार्च १, २०२२ सम्म एक हजार ४८ व्यक्तिहरूको सर्वेक्षण गरेको थियो।
आधाभन्दा बढी पाकिस्तानी ५५ प्रतिशत जनता आगामी छ महिनाको वित्तीय दृष्टिकोणमा कुनै सुधार हुनेमा विश्वस्त नभएको सर्वेक्षणले बताएको छ। पोलस्टरले उपभोक्ताहरूको विश्वव्यापी उपभोक्ता विश्वास सूचकाङ्कमा गत वर्षको ३६.९ बाट ८.३ अङ्कले घटेर २८.६ मा झरेको छ। ४८.७ अङ्कको विश्वव्यापी आत्मविश्वास स्तरको तुलनामा पाकिस्तानी ग्राहकहरूको विश्वास २९.१ अङ्क भन्दा कम रहेको सर्वेक्षणले रिपोर्ट गरेको छ।
८७ प्रतिशत सहभागीहरूले किराना र अन्य घरायसी सामानहरू किन्न नसक्ने अवस्थामा पुगेको र १३ प्रतिशतले त्यस्ता खरिदहरू गर्न सक्नेमा विश्वास व्यक्त गरेको द न्यूज इन्टरनेशनल रिपोर्ट गरेको छ।
यसैबिच, हालको सर्वेक्षणका ८४ प्रतिशत उत्तरदाताले कुनै पनि पैसा बचत गर्न वा कहीँ पनि लगानी गर्न गाह्रो भएको महसुस गरेका छन्।