arrow

उद्यमशीलता विकासका लागि परम्परागत ऐन परिमार्जन अपरिहार्य : वरिष्ठ उपाध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
chandra-dhakal-fncci-rolpa.jpg

रोल्पा। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका सबै भौगोलिक क्षेत्रमा सम्भावनाको खोजी गर्दै स्थानीय स्तरमै उद्यमशीलताको विकास अपरिहार्य रहेको बताएका छन्। उद्यमशीलता विकास र प्रवर्द्धनका लागि परम्परागत नीतिमा परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै ढकालले परम्परागत कानुन नै उद्यमशीलता विकासमा अवरोधका रूपमा रहेको धारणा राखे।

रोल्पा उद्योग वाणिज्य सङ्घको १८ औँ वार्षिक साधारण सभा तथा नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “निजी क्षेत्रको विकास रोक्ने कानुन परिमार्जन हुनु जरुरी छ।” अर्थमन्त्री जनार्दन शर्मा समेत उपस्थित रहेको कार्यक्रममा ढकालले उद्यमशीलता विकाससँगै रोजगारी सिर्जना र साधन स्रोतको उपयोगका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औँल्याए।

वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला नगर उद्योग वाणिज्य सङ्घलाई चुनावका बेलामा मात्र सम्झने, भ्रमण गर्ने र चुनाव जिती सकेर बिर्सने प्रवृत्तिबाट आफू मुक्त हुन चाहेको बताए। उनले रोल्पाका व्यवसायीहरूले जिल्लामै रोजगारी बढाउने, स्थानीय साधन स्रोतको उपयोग गर्ने खालका व्यवसाय अघि बढाएमा आफूले निजी क्षेत्रको नेतृत्वका तर्फबाट मात्र नभै आइएमई समूहको अध्यक्ष एवं ग्लोबल आईएमई बैङ्कको अध्यक्षका रूपमा सहयोग गर्न तयार रहेको बताए।

“हरेक प्रदेशमा कुनै न कुनै व्यवसायमा लगानी गर्ने हाम्रो योजना अनुसार हाल पोखरा, गैँडाकोट, बुटवल, कर्णाली लगायतका क्षेत्रमा केबलकार लगायतका व्यावसायिक परियोजना अघि बढिरहेका छन्,” उनले भने, “रोजगारी सिर्जना गर्ने, स्रोतसाधनको उपयोग गर्ने कुनै व्यावसायिक योजना छन् र त्यसका लागि पुँजी पर्याप्तता नभएमा हामी सहकार्य गर्न तयार छौँ।”

ढकालले रोल्पा उद्योग वाणिज्य सङ्घको निवर्तमान कार्यसमितिलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए। सङ्घसँग सहकार्य गर्दै आर्थिक क्षेत्रको विकासमा लागिरहने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ