arrow

साढे चार करोडको लागतमा शहीदद्वार  

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ फागुन २८ शनिबार
shahid-dwar-janakpurdham.jpg

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा ४ करोड ५० लाख रुपैयाँको लागतमा शहीदद्वारको निर्माण सम्पन्न भएको छ। उपमहानगरपालिकाले मुजेलियामा जनकपुर ढल्केवर ६ लेन सडक आयोजना अन्तर्गत निर्माण गरेको शहीदद्वारको शुक्रबार उद्घाटन गरेको हो । 

शहीदद्वारको निर्माण धनुष आकारको रहेको र धनुषको माथिको भागमा भगवान् श्रीरामले धनुषमा प्रत्यञ्चा चढाएको आकर्षक मूर्ति राखिएको छ भने मधेश आन्दोलनको क्रममा शहादतप्राप्त तीन जना सहीदहरू नितु यादव, सञ्जय चौधरी र दिलीप यादवको अर्ध कदको शालिक राखिएको छ । 

त्यस्तै गरी मधेश आन्दोलनको क्रममा शहादतप्राप्त सबै शहीदहरूको नाम शिलापत्रमा राखिएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर  लालकिशोर साहले बताए ।

मधेश आन्दोलनका क्रममा  जनकपुरधाममा शहादतप्राप्त तीनै जनाको सामूहिक दाहसंस्कार सोही ठाउँमा गरिएको थियो । यसैगरी सबै मधेसी शहीदहरूको नाम शिलापत्रमा उल्लेख गरेर राख्ने काम भएको छ । 

शहीदद्वारको निर्माण भएको अवसर पारेर सो ठाउँमा शुक्रबार साँझ धार्मिक अनुष्ठानको आयोजना  गरिएको  थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ