arrow

भागेर र्यूएई जान लागेका भ्रष्टाचारका आरोपी पाकिस्तानी नेता पक्राउ

logo
रासस–एएनआई, 
प्रकाशित २०७८ फागुन २८ शनिबार
Pakistan-Flag.jpg.jpeg

कराँची । पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ । पाकिस्तान संघीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल–एन) का नेता तथा पूर्व सिनेटर चौधरी तानविर खानलाई पक्राउ गरेको हो  ।

उनलाई शुक्रबार कराँचीबाट पक्राउ गरिएको सरकारी अधिकारीहरुले पुष्टि गरेको स्थानीय समाचार संस्थाहरुले जनाएका छन् । नेता खान विमान चढेर भागेर संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्न लागेको बेला पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । 

उनलाई भ्रष्टाचारको आरोप लगाउँदै पक्राउ सूचीमा यसअघि नै राखिएको थियो । पक्राउ गरिएपछि अब अरु कानूनी प्रक्रिया शुरु हुने अधिकारीहरुको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ