arrow

धनुषामा निधी बलियो : अन्य पदमा पनि उनकै उम्मेदवार विजयी

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ फागुन २९ आइतबार
dhanusa-congress-nidhi.JPG

जनकपुरधाम। नेपाली कांग्रेस धनुषाको अन्य पदाधिकारीमा पनि विमलेन्द्र निधी समूहका उम्मेदवार विजयी भएका छन् । १४ औं अधिवेशनअन्तर्गत सम्पन्न मतगणनामा निधि समूहको तर्फबाट उपसभापतिद्वय गणेश झा र लक्ष्मीनारायण यादव निर्वाचित भएका छन् । झाले १ हजार १४९ र यादवले १ हजार २५४ मत पाएका हुन् ।

देउवा समूहको तर्फबाट उपसभापति पदका उम्मेदवारहरू सुरेन्द्र प्रसाद मुन्नाले ७ सय ९८ र रामसोभित दाहा धानुकले ७ सय ६५ मत प्राप्त गरे। त्यस्तै, उपसभापतिका अन्य प्रत्याशीहरू डा. शेखर कोइराला समूहका गणेशप्रसाद जयसवालले ७ सय ८ र हरिशंकर साहले ५ सय ९६ मत पाएका छन् । 

सचिव पदमा पनि निधि समूहकै कन्हैयाकुमार कर्ण र देवेन्द्रकुमार भरखेर विजयी भएका छन् । कर्णले १ हजार १ सय ६० र भरखेरले १ हजार १सय ७७ मत ल्याएका छन् । देउवा समूहका तर्फबाट सचिव पदका उम्मेदवारहरू धीरेन्द्र मोहन झाले ८ सय ३३ र शिवशङ्कर गोइत साधुले ८ सय ३२ मत प्राप्त गरेका छन्।

सहसचिवमा क्षेत्र १,२ गन्ती गर्दा विजय कुमार यादव ५७७, साकिर राइन ४३०, इन्द्र कुमार महतो ५११, महेश बस्नेत ४२७, सुरेश कोइराला ४७१ र धर्म नाथ यादव ५३९ ल्याएको निर्वाचन समितिले जानकारी दिए।

यसअघि सभापतिमा विमलेन्द्र निधि पक्षका उम्मेदवार योगेन्द्र पजियार निर्वाचित भइसकेका छन् । गत शुक्रवार भएको दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई ६ सय ८९ मतान्तरले पराजित गर्दै पजियार जिल्ला सभापति चुनिएका हुन् । 

दोस्रो चरणको मतदानमा २ हजार ८ सय १४ मत खसेको थियो । योगेन्द्रले १ हजार ७ सय ३५ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी सन्तोषले १ हजार ४६ मत पाए । ३३ मत भने बदर भएको थियो ।



नयाँ