arrow

श्रीकृष्णसँग जोडिएको ८ र १८ अङ्क

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
Jai-Shreekrishna.jpg

महाभारतका घटना र ज्ञानको रहस्य अझै अक्षुण्ण छ । एउटा अचम्म र रहस्य अझै कायम छ महाभारतको युद्धमा कृष्णसँग ८ अङ्क जोडिएको छ भने यस युद्धमा १८ अङ्कको समानता गोप्य रहेको छ । 

कृष्ण र ८ अङ्क : भगवान् कृष्ण आठौँ अवतारको रूपमा अट्ठाइसौँ द्वापरमा जन्मेका थिए। श्रीकृष्ण देवकीको आठौँ सन्तान थिए। उनको जन्म  कृष्ण पक्षको राति सात मुहूर्त पछि आठौँ मुहूर्तमा अष्टमीको दिन ३११२ ईसा पूर्वमा भएको थियो । श्री कृष्णको जम्मा आठ पत्नीहरू थिए।  श्रीकृष्णका साथीहरू पनि आठ जना थिए।

त्यस्तै  महाभारत र १८ अङ्कको रहस्य पाइन्छ ।  महाभारतको पुस्तकमा १८ अध्यायहरू छन्। कृष्णले अर्जुनलाई कुल १८ दिनसम्म ज्ञान दिनुभयो । गीतामा पनि १८ अध्याय छन्। युद्ध जम्मा १८ दिन मात्र चल्यो। कौरव र पाण्डवहरूको सेना पनि कुल १८ अक्षोहिनी सेना थियो, जसमा कौरवहरूको ११ र पाण्डवहरूको ७ अक्षोहिनी सेना थिए। 

यस युद्धको मुख्य सूत्रधार पनि १८ थिए। यस युद्धमा १८ योद्धा मात्र बाँचेका थिए । महाभारत लेख्ने ऋषि वेद व्यासले पनि १८ पुराणको रचना गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ