arrow

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट सकियो, जजिरा एयरवेजले गर्‍यो उडान प्रस्ताव

logo
नारायण वली,
प्रकाशित २०७८ फागुन ३० सोमबार
20220314_085915.jpg

रुपन्देही । रुपन्देहीको भैरहवामा निर्माण कार्य सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक परीक्षण (क्यालिब्रेशन फ्लाइट) सकिएको छ । 

यान्त्रिक परीक्षण सफल भएलगत्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा उडान गर्नका लागि कुवेतको जजिरा एयरवेजले नेपाल सरकारमार्फत नागरिक उड्डयन प्राधिकरण समक्ष प्रस्ताव गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

यसरी यान्त्रिक परीक्षण सफल भएपछि नियमित उडान भर्न पहिलो पटक विदेशी वायु सेवा जजिराले  प्रस्ताव गरेको बताइएको छ ।

सम्झौताअनुसार तीन पटक म्याद थप गरी निर्माण कार्य सम्पन्न गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः यान्त्रिक परिक्षण उडान सफल भएपछि अबदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुने भएपछि रुपन्देहीबासी खुशी भएका छन् ।

यता आगामी बैशाख १ गतेदेखि नेपाल वायुसेवा निगमको विमानले परीक्षण उडान गर्ने तयारी गरेको जनाइएको छ । क्यालिब्रेशन फ्लाइट थाइल्याण्डको एरोथाइले गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ