arrow

इन्जिनियर्स एसोसिएसन गण्डकीमा लोकतान्त्रिक समूहका बृजेन्द्र निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
engineers-association-logo.jpeg
फाइल तस्बिर

पोखरा। नेपाल इन्जियनियर्स एसोसिएसन गण्डकीको अध्यक्षमा लोकतान्त्रिक समूहका बृजेन्द्र केसी निर्वाचित भएका छन्। उनले एमाले निकट प्रोग्रेसिभ समूहका उम्मेदवार ध्रुव भट्टराईलाई एक सय २६ मतान्तरले पराजित गरेका हुन्। केसीले पाँच सय २६ मत ल्याए भने भट्टराईले चार सय मात्रै पाए। एक हजार दुई सय २६ मत खसेको थियो।

केन्द्रीय सदस्यमा पनि केसीकै प्यानलका रवीन्द्रलाल मूल निर्वाचित भएका छन्। सोही प्यानलबाट उपाध्यक्षमा सन्तोष जिसी, सचिवमा अञ्जन जङ्ग थापा, सहसचिवमा सुवर्ण श्रेष्ठ र कोषाध्यक्षमा खेमराज तिमिल्सिना निर्वाचित भए।

सदस्यहरूमा सन्तोष काफ्ले, राजीव सुवेदी, विश्वास आचार्य, हेम गुरुङ, रवीन्द्र पौडेल, यामकृष्ण पौडेल छन् । यस्तै, प्रगतिशील समूहबाट अस्मिता खनाल, सागर बस्याल, विकास सुवेदी र युदीप सुवेदी क्षेत्री सदस्यमा निर्वाचित भए।

गण्डकीमा काँग्रेस निकट समूह र एमाले निकट समूह एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा थियो भने माओवादी र समाजवादी निकटका इन्जिनियरहरूको गठबन्धन बनेको थियो। गठबन्धनबाट कोही उम्मेदवार पनि विजयी भएनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ