arrow

टीसीएलले ल्यायो निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
tcl-ac.jpg

काठमाडौँ। आईएचएसबाट प्रमाणित विश्वको दोस्रो ठुलो टिभी ब्राण्ड टीसीएलले सम्पूर्ण एसीका ग्राहकबर्ग हरुलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकबर्ग हरुले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क एसी सर्भिससङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीमा उचित मूल्याङ्कनका साथ टीसीएलको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन्।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ। र यो सुविधा ग्राहकवर्ग हरुले घरमै बसेर लिन सक्ने पनि टीसीएल ब्रान्डको आधिकारिक बिक्रेता सिजी इलेकट्रोनिक्सले जनाएको छ।

यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टीसीएल एसी खरिद गर्दा २९ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ।

सीजीले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सिजी डिजिटल शोरुम हरु काठमाडौँभित्र टङ्गाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हात्तीगौंडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ