arrow

एमसीसीको विरोध गर्ने रावलसँग रिसाए प्रधानमन्त्री देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
deuba-badhai.JPG

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको अहितमा रहेको बताउँदै आएका पूर्व मन्त्री एवं एमाले नेता भीम रावलप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् । नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा जवाफ दिनपर्ने भो भन्दै पूर्व मन्त्री रावलप्रति आक्रोश पोखेका हुन्। 

प्रधानमन्त्री देउवाले रावल मन्त्री हुँदा एमसीसीको प्रक्रिया अघि बढेको पटक पटक सुनाए । उनले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैँ मन्त्रिपरिषद्मा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसङ्ग उल्लेख गरे । 

प्रधानमन्त्री देउवाको प्रश्न थियो, “आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषद्बाट पास गरेका भीम रावलले त्यस बेला किन आलोचना गर्नुभएन ? त्यति बेला राजीनामा नदिएर के हेरेर बसेको ?” 

देउवाले आक्रोशित हुँदै भने, “आफू पार्टीको नेता र मन्त्री हुँदा आफैँले मन्त्रिपरिषद्बाट पारित गर्ने अनि अहिले किन विरोध गर्दै छन् ? विरोध गर्ने भए त्यसैबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्दैनथ्यो ?” 

उनले एमसीसी नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्‍याए । उनले हालै प्रतिनिधिसभाबाट पारित भएको उक्त एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरू भ्रम मात्र भएको पनि स्पष्ट गरे । देउवाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ