arrow

६ जना भेन्टिलेटर र ३० आईसीयूमा, ५८ नयाँ संक्रमित थपिए

११,९५० संक्रमितको मृत्यु, ४,८१९ सक्रिय अवस्थामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
corona-2021.jpg

काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ११ हजार ९ सय ५० जनाले ज्यान गुमाएका छन् । हाल सक्रिय संक्रमणको अवस्थामा ४ हजार ८ सय १९ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार थप ५८ जनामा कोभिड१९को संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा १४८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या शून्य छ भने, ५ हजार ४ सय १८ जनाको नमुना परीक्षण गरिएको थियो ।

हाल देशभर ६ जना भेन्टिलेटरमा उपचाररत छन्  भने, ३० जनाको आईसीयूमा उपचार भइरहेको छ ।



नयाँ