arrow

स्थानीय निर्वाचन

बुटवल मेयरमा वर्चश्व जोगाउने कसरतमा एमाले, तोड्ने दाउमा कांग्रेस

logo
नारायण वली,
प्रकाशित २०७८ चैत १ मंगलबार
20220315_080554.jpg

रुपन्देही । जब निर्वाचनको समय तोकिन्छ, तब बुटवलमा कुन पार्टीले आफ्नो विरासत जमाउँछ भन्ने विषय निकै गहकिलो बन्दै जान्छ । त्यसो त नेकपा एमालेका नेता विष्णु पौडेल र नेपाली कांंग्रेसका नेता वालकृष्ण खाँणको गृहजिल्ला भएर पनि होला ।

विषेशगरी स्थानीय र संघीय निर्वाचनको वेला धेरैजसोको ध्यान केन्द्रित हुन्छ । आगामी बैशाखमा तोकिएको निर्वाचन मिति नजिकिँदै गर्दा लुम्बिनी प्रदेशको मुकाम बुटवल उपमहानगरपालिकाको बागडोर कसले हात पार्ने भन्ने कसरत दुई ठूला पार्टी एमाले र कांंग्रेसमा चल्न थालेको छ ।

उप–महानगरपालिकाको प्रमुख र उपप्रमुख पदको वर्चश्व जोगाउने कसरतमा एमाले लागेको छ भने, एमालेको गढ मानिने बुटवलमा वर्चश्वलाई तोड्ने दाउमा कांग्रेस लागिपरेको पाईएको छ।

२०७४ सालको स्थानीय निर्वाचनमा बुटवल उपमहानगरपालिकाको मेयरमा शिवराज सुवेदी  र उपमेयरमा गोमादेवी आचार्यले जितेका थिए । कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेबाट प्रमुखमा सुवेदी र उपप्रमुखमा आचार्यले जितेका थिए । जतिबेला एमालेले बुटवलका १९ वटा वडामध्ये १५ वटा वडामा वडाध्यक्ष जितेको थियो ।

एमाले उपाध्यक्ष विष्णु पौडेलको पकेट निर्वाचन क्षेत्र मानिने बुटवलमा चुनावको मिति घोषणा भएसँगै एमाले बाट मेयर‌ वन्ने आकांक्षीहरुले लविङ शुरु गर्न थालेका छन् । एमालेका हाल बुटवलका मेयर शिवराज सुवेदी, गोपाल राना, र बाबुराम भट्टराईले लबिङ गरिरहेको बताइएको छ । 

उनीहरु बाहेक हालकी उपप्रमुख आचार्य र एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले पनि मेयरमा दाबी गर्दै आएको पाइएको हो । तर यसपटक भने विष्णु पौडेल निकटका गोपाल रानाले मेयरको टिकट पाउने सम्भावना बलियो देखिएको छ । ०७४ सालको निर्वाचनमा पनि मेयरमा दाबी गरेका रानालाई पन्छाउँदै अहिलेका मेयर सुवेदीले टिकट पाएको बुझिएको छ।  

यता, कांंग्रेसबाट ३ जनाले मेयरमा आ(आफ्नो दाबी गरिरहेका छन् । कांग्रेसबाट बुटवल उपमहानगर सभापति खेलराज पाण्डे, महेशमान सिंह र रिता केसीले मेयरमा दाबी गरिरहेका हुन । पाण्डे अघिल्लो निर्वाचनमा मेयरमा लडेर पराजित भएका थिए ।

गठबन्धनका दलहरुबीच स्थानीय चुनावमा सहमति भएमा बुटवलको मेयर कांंग्रेसले नै पाउने सम्भावना आँकलन गरिएको छ । सिंह भने, प्रदेशसभा चुनावमा रुपन्देही प्रदेशसभा २ क बाट चुनाव लडेर पराजित  भएका थिए । केसीले भने महिलाहरु उपप्रमुख मात्रै बन्नु पर्छ भन्ने सोचलाई चिर्न आफूले मेयरमा दाबी गरेको बताउँछिन् ।

माओवादी केन्द्रले भने, स्थानीय तहको चुनावबारे निर्णय लिन केन्द्रको निर्देशन कुरेको छ । अघिल्लो स्थानीय तहको चुनावमा काँग्रेस संग गठबन्धन गरेको माओवादीले यस पटक पनि गठबन्धनमा रहने कि, के गर्ने भन्ने विषयमा निर्णय लिन सकेको छैन् । यद्यपि युवा नेता मनोज रानाले प्रमुखमा दाबी गर्ने वुझिएको छ । 

नेकपा एसका रुपन्देही अध्यक्ष राजु गुरुङले गठबन्धन कायमै रहे निर्वाचनमा एमालेका उम्मेदवार पराजित हुने बताउँछन् । बुटवल मेयरका लागि जिल्ला अध्यक्ष राजु गुरुङ र जिल्ला इञ्चार्ज बालकृष्ण चापागाईंको नाम सुनिएको छ ।

एमालेलाई रुपन्देहीमा आफ्नो विरासत जोगाउन माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी भारी पर्ने देखिएको छ । एमालेबाट विभाजनपछि बनेको समाजवादीले आफूहरुसँग एमालेलाई हराउन सक्ने मत रहेको दाबी गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ