arrow

नेपाल–साउदी द्विपक्षीय बैठक सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
saudi-arab-forign-minister.jpg

काठमाडौँ। नेपाल र साउदी अरवबीचको द्विपक्षीय उच्चस्तरीय बैठक सम्पन्न भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा दुई देशबीचको सबै आयामहरुम छलफल भएको थियो।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरवको नेतृत्व साउदी विदेशमन्त्री फैसल विन फरहान अल साउदले गरेका थिए।

बैठकमा नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रिमेन्टमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हस्ताक्षर दुवै देशका विदेशमन्त्रीले गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ