arrow

एमसीसीको भ्रम चिर्दै कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
mcc-anudan-sahayata-samjhauta-bhram-ra-yathartha.jpg
फाइल तस्बिर

काठमाडौँ । स्थानीय निर्वाचनको सङ्घारमा पनि कांग्रेस नेताहरू अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रष्टीकरण दिइरहेका छन्। परियोजना १५ माघमा सङ्घीय संसद्ले अनुमोदन भएको हो। हाल कार्यान्वयनको चरणमा रहेको परियोजनाबारे निर्वाचन केन्द्रित कार्यक्रममा पनि कांग्रेस नेताहरू अधिक समय लिएर बोल्ने गरेका छन्।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार नुवाकोटको तादी गाउँपालिका पुगेर एमसीसी राष्ट्र हितमा रहेको दाबी गरे। जुन कुरा जनताले भोलि देख्ने उनको भनाइ छ।

सोही दिन महामन्त्री गगनकुमार थापाले पनि एमसीसी पारित गराउन पार्टीले गरेको अगुवाइको प्रतिरक्षा गरे। उनले एमाले र माओवादी कार्यकर्ताले एमसीसी काँग्रेसले पास गरेको भनिए पार्टीका अध्यक्षहरूलाई प्रश्न गर्न लगाउनुपर्ने बताए।

प्रधानमन्त्री देउवा र महामन्त्री थापा मात्र होइन, पार्टीका अन्य पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, सांसद र केन्द्रीय सदस्यहरूले पनि एमसीसीबारे प्रष्टीकरण दिने गरेका छन्।

सहमहामन्त्री भीष्मराज आङ्देम्बे कम्युनिस्ट पार्टीहरूले एमसीसीबारे जनतालाई पुरै भ्रमित बनाएको बताए । त्यही भ्रमलाई काँग्रेस नेताहरूले निर्वाचनको मुखमा चिर्नुपरेको स्पष्ट पारे।

‘विभिन्न कालखण्डमा कम्युनिस्टहरूले पनि एमसीसीलाई बोकेर ल्याएका हुन् तर माछा देख्दा दुलोभित्र हात हाल्ने र सर्प देख्दा बाहिर निकाल्ने वा सत्तामा बस्दा एउटा कुरा गर्ने र बाहिर हुँदा अर्को कुरा गर्ने कम्युनिस्टहरूको चरित्र देखियो । यस्तो चरित्र पनि उदाङ्गो पार्ने काम हुँदै छ’, आङ्देम्बे बताउँछन् ।

कांग्रेसले एमसीसीलाई देश विकासको आधार मानेको छ । सरकारको प्राथमिकतामा परेको आयोजना भन्ने गरेको छ । महामन्त्री थापा त अनुदान सहयोग अमेरिकाले मात्रै नभई अन्य देशले दिए पनि सहर्ष स्विकारेर लिनुपर्ने पक्षमा छन् । 

र, एमसीसीबारे काँग्रेसले बुकलेट नै तयार गरेको छ । जुन स्थानीय तहसम्मै पठाइसकेको छ । बुकलेटले भ्रम चिर्न सहयोग पुग्ने विश्वास काँग्रेसको छ । भ्रम चिर्न नसके स्थानीय निर्वाचनमा असर पर्न सक्ने बुझाइको आधारमा बुकलेट तयार गरेको काँग्रेसले जनाएको छ ।

तर, १५ माघमा व्याख्यात्मक घोषणामार्फत एमसीसीको पक्षमा माओवादी केन्द्र र एकीकृत समाजवादी पनि उभिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ