arrow

क्रिप्टोकरेन्सी, हाइपर फन्ड, अनलाइन बेटिङ जस्ता वेबसाइटमाथि सरकारले लगायो प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
bitcoin1.jpg

काठमाडौं। सरकारले क्रिप्टोकरेन्सी, बिटक्वैन, हाईपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ)जस्ता गैर कानुनी क्रियाकलाप एवं आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट तथा एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले यस्ता वेबसाइट र एपलाई  चल्न नपाउने गरी निषेध, डिसएबल एवं कालो सुचीमा राख्न सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

यसअघि अर्थ मन्त्रालयको आग्रहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फागुन १ गते पत्र पठाउँदै प्राधिकरणलाई त्यस्ता वेबसाइट तथा मोबाइल एपमाथि प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो ।

यस्तो छ प्राधिकरणको विज्ञप्ती:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ