- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । विगत दुई वर्षदेखि कोरोनाले थलिएको पर्यटन क्षेत्र पुनः पुरानैलयमा फर्कन सुरु गरेको छ । अन्य क्षेत्रमा झैं पर्वतारोहणमा विस्तारै आरोहीको चहलपहल सुरु भएको छ । पछिल्लो समय अधिकांश आरोहीको रोजाइँमा म्याग्दीमा रहेको धौलागिरी हिमाल पर्न थालेको छ ।
कोरोनाको सङ्क्रमण दर कम भएको र हिमाल आरोहणको याम पनि सुरू भएसँगै म्याग्दीको धवलागिरि गाउँपालिका-४ मुदीमा अवस्थित धौलागिरी हिमाल (८१६७ मि.) आरोहणका लागि १३ विदेशी आरोहीसहितको टोली वेस क्याम्पतर्फ प्रस्थान गरेको छ ।
इमेजिङ नेपाल नामक ट्रेकिङ संस्थामार्फत विभिन्न देशबाट १३ जना हिमाल आरोहणका लागि म्याग्दीमा आएको पर्यटन व्यवसायी ईन्द्रसिंह शेरचनले जानकारी दिए ।
“सिजनकै सुरुमा यती आरोही आउनु राम्रो सङ्केत हो, कोरोनाको बिचमा पनि केही आरोही आउन थालेका थिए, अहिले हेलिकोेप्टरबाट समान ढुवानी भइरहेको छ” शेरचनले भने ।
पश्चिम म्याग्दीको ताकमबाट सामान ढुवानी गर्ने र आरोहीमध्ये अधिकांश पैदलमार्ग हुँदै बेसक्याम्पसम्म पुग्ने गरेका छन् ।
धौलागिरी हिमाल रघुगङ्गा गाउँपालिकाको सिमानासँग जोडिए पनि आरोही भने सिधा बाटो मानिएको मुदीलगायत आसपासका क्षेत्र हुँदै बेसक्याम्प पुग्ने गर्दछन् ।
छिमेकी जिल्ला मुस्ताङबाटसमेत हिमालमा पुग्न सकिने भए पनि आरोहणका लागि पश्चिम म्याग्दी हुँदै आधार शिविरमा जान सजिलो हुन्छ ।
सन् १९६० मे महिनाको १३ तारिकमा अष्ट्रेलियन नागरिक कुर्ड डिम्बकरणले पहिलो पटक धौलागिरीको आरोहण गरेका थिए । कोरोनाको पहिलो, दोस्रो लहरले थला परेको हिमाल आरोहणमा पुनः आरोहीको चहलपहलले पर्यटन व्यवसायीसमेत उत्साहित भएका छन् ।
आठ हजार मिटर अग्लो धौलागिरि र अन्नपूर्ण हिमाल कालीगण्डकी गल्छीको वारीपारी रहेकाले पनि आरोहण गर्न र अवलोकन गर्नका लागि पर्यटकको रोजाइँमा यो स्थल पर्छ । हिमाल आरोहणको राजस्वको हिस्सा भने मुस्किलले म्याग्दीमा आउछ । आरोहीले पर्यटन विभागमा आरोहण अनुमति लिँदा नै आरोहणबापतको रोयल्टी तिर्नुपर्ने हुन्छ ।
त्यस्तै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४,नारच्याङमा अवस्थित ८ हजार ९१ मिटरको संसारकै दशौं अग्लो अन्नपूर्ण हिमाल अवलोकनका लागिसमेत आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।
यस्तै, धवलागिरी गाउँपालिकामा रहेको गुर्जा र चुरेन हिमालका लागि पर्यटकले गर्ने खर्च बढी भए पनि जिल्लाले त्यसको फाइदा लिन सकेको छैन ।
धवलागिरी गाउँपालिका-१ मा अवस्थित ७ हजार १९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणमा गएका पाँच कोरियाली आरोही र उनीहरुका चार नेपाली सहयोगी गरी नौजनाको मृत्यु भएपछि गुर्जामा आरोहीको चहलपहल हुन सकेको छैन् भने म्याग्दीमा रहेका अन्य साना हिमालमा खासै आरोही पुग्दैनन् ।