arrow

पोखराका पानी व्यवसायी आन्दोलित, विक्री-वितरण ठप्प

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
Pani Andolan.jpg

पोखरा । कम्पनीले पानीको मूल्य वृद्धि गरेपछि पोखराका व्यवसायीले आन्दोलन शुरु गरेका छन् । व्यवसायीले मङ्गलवारदेखि पानीको विक्री वितरण ठप्प बनाएका छन् । व्यवसायीले मङ्गलवार दिनभर पोखरा प्रदर्शनी केन्द्र अगाडि पानी बोक्ने गाडी तेर्स्याएर आन्दोलन गरेका हुन् ।

कम्पनीले अस्वाभाविक मूल्य वृद्धि गरेको भन्दै व्यवसायीले पानी विक्री वितरण ठप्प पारेका हुन् । मूल्य वृद्धि फिर्ता नलिएसम्म पानी विक्री वितरण नगर्ने व्यवसायीको चेतावनी छ ।

व्यवसायीले पानी कम्पनीको सिण्डिकेट पनि खारेजीको माग गरेको व्यवसायी कुमार लामिछानेले बताए । 

व्यवसायीले आन्दोलन शुरु गरेपछि विशेषगरि जार पानीका उपभोक्तालाई समस्या भएको छ । 

हाल पोखरा बजारमा जार पानीको सरदर मूल्य ५० रुपैयाँ छ । व्यवसायीले कम्पनीबाट प्रतिजार सरदर १८ रुपैयाँमा उठाएर बजारमा ३५ देखि ४० रुपैयाँ मा विक्री वितरण गर्दै आएका थिए । 

सरकारी मूल्य भने कम्पनीमा १६ र उपभोक्तामा ४० रहेको छ । सरकारी दररेटलाई लत्त्याउँदै कम्पनीले १८ देखि २० लिने गरेको थियो । जसका कारण ४० रुपैयाँमा जार पानी पाउनुपर्ने उपभोक्ताले ५० रुपैयाँ तिर्न बाध्य थिए । 

कम्पनीले अहिले पानीको मूल्य बढाएर ३३ र उपभोक्ता मूल्य ६० रुपैयाँ पुर्‍याइएको छ । 

यस्तै, बोतल पानीको मूल्य पनि अस्वाभाविक ढङ्गले वृद्धि गरिएको छ । यसअघि २० रुपैयाँ रहेको उपभोक्ताको मूल्य २५ पुर्‍याइएको छ । 

कम्पनीले बोतल पानीको मूल्य १२० रुपैयाँबाट बढाएर १५० रुपैयाँ पुर्‍याएको छ । पोखरामा ३३ वटा पानी कम्पनी र १५० भन्दा बढी डिलर व्यवसायी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ