- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कीर्तिपुर । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले काठमाडौंको कीर्तिपुरको गाउँ ब्लकमा रहेका भूमि विहीनहरूलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरेकी छन् ।
कीर्तिपुर नगरपालिका वडा नम्बर ५-पागामा गाँउब्लकका ३२ घर परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै मन्त्री श्रेष्ठले यही चैत १५ भित्र थप पाँच जिल्लामा रहेको गाउँब्लकमा लालपूर्जा वितरण गर्ने गरी तयारी भइरहेको जानकारी दिइन् ।
उनले आगामी आर्थिक वर्षभित्र देशभरका सबै गाउँब्लकमा लालपूर्जा वितरण गर्ने गरी कार्यक्रम र बजेट व्यवस्था गर्न लागिएको पनि बताइन् ।
मन्त्री शशी श्रेष्ठले लेखेर र भाषण गरेर मात्रै नागरिकले अधिकार प्राप्त गर्न नसक्ने भन्दै इमानदार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई आग्रह गरिन् ।