arrow

आयो टेलिकमको फागु अफर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
275896629_778390523136531_7422707393887640195_n.jpg

काठमाडौं । नेपालीहरुको रङ्गैरङ्गको विशेष चाड फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर लिएर आएको छ । यो अफर चैत ३ गते फागु पूर्णिमाका दिनदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ । 

यो अफर अन्तर्गत रु ६९ मा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, रु ९८ मा ६ जीबी डाटा ३ दिन र रु २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ ।

 *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमले विज्ञप्ति जारी गरी जनाएको छ ।  

नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ ।

यस अफरबाट सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ