arrow

भीरबाट लडेर कृजनको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३ बिहिबार
death-1618215084.jpg

तनहुँ । तनहुँमा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका वडा नं. ४ का १७ वर्षीय कृजन गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार उनी बुधबार साँझ टुँडिखेल नजिकैको भीरबाट लडेर गम्भीर घाइते भएका थिए ।लडेर घाइते भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरि बन्दीपुर अस्पताल पुर्याइएको थियो । 

उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको तनहुँ प्रहरी प्रवक्ता युवराज खड्काले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ