arrow

पीसीआरबाट संक्रमित चार हजार तीन सय ७६

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३ बिहिबार
corona-omicron-nepal.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यकिन गर्न नसके पनि पीसीआर परीक्षणबाट भएका संक्रमितको तथ्यांक भने सही आउने जनाएको छ । 

पीसीआर ल्याबमा र एन्टिजेन व्यक्तिगत रुपमासमेत परीक्षण गराउने भएकाले यकिन तथ्यांक आउन नसकेको जनाएको हो । मन्त्रालयको यो भनाइलाई आधार मान्ने हो भने हाल नेपालमा पीसीआर परीक्षणका सक्रिय संक्रमितको संख्या चार हजार तीन सय ७६ रहेको छ । 

आज एक हजार छ सय ५४ जनाको पीसीआर परीक्षणबाट २२ संक्रमित थपिएका छन् । त्यस्तै तीन हजार एन्टिजेन परीक्षणबाट ५ जना थपिएका हुन् । पीसीआरबाट काठमाडौंमा ९, मोरङमा ५ तथा अन्य थपिएका जिल्लामा केबल १–१ जना हुन् । 

हाल काठमाडौंमा अझै ४३७ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै ललितपुरमा ३३८ तथा भक्तपुरमा ३७ जना रहेका छन् । आज पीसीआरबाट संक्रमित पहिचान भएका थप २२० जनालाई निको भएको छ । थप कसैको मृत्यु भएको उल्लेख छैन । 

अहिलेसम्म ११ हजार ९५० जनाको ज्यान गइसकेको छ । थप १ लाख ४५ हजार ९८४ जनाले खोप लगाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ