arrow

मानहुँमा दुई समूहबीच झगडा, २ जना गम्भीर घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
Manahunkot.jpg
फाइल तस्वीर

तनहुँ । तनहुँको पर्यटकीय गन्तव्य मानहुँमा गए राति दुई समूहबीच झगडा हुँदा दुई जना गम्भीर घाइते भएका छन् । 

घाइते हुनेमा व्यास नगरपालिका वडा नं. ४ का दीपेन्द्र सिंह र व्यास-३ का कमल रामदाम रहेका छन् । 

सिंहको टाउकोमा २२ र रामदामको चिउँडोमा १० टाँका लगाइएको र समाधान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा र दमौलीका युवाहरुबीच झगडा भएको प्रहरी जनाएको छ ।

झगडामा संलग्न युवाहरु फरार रहेका छन् । उनीहरूको पहिचान गरेर खोजी गरिरहेको तनहुँ प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ