arrow

५ हजार ९ सय १४ परीक्षण गर्दा ५१ मा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
corona-2021.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस अवधिमा ५ हजार ९ सय १४ जनाको नमुना परीक्षण गरिएको थियो ।

यस अवधिमा पीसीआर विधिबाट मात्रै २५९२ जनाको र एन्टीजेन विधिबाट ३३२२ जनाको नमुना परीक्षण गरिएको थियो । पीसीआरबाट १२ र एन्टीजेनबाट ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा ३ सय ९२ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या ३ हजार ९ सय ९६ रहेको छ ।



नयाँ