arrow

कास्कीमा सवारी दुर्घटना, चालक भुजेलको घटनास्थलमै मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
death.jpg

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ स्थित तादीखोला भीरमा आज दिउसो १२ः३० बजे हाईलक्स गाडी दुर्घटना भएको छ । 

सो दुर्घटनामा माछापुच्छ्रे गाउँपालिका वडा नं.  ६ अस्तामका ४६ वर्षीय सवारी चालक बलराम भुजेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

पाहुना लिनका लागि पोखरादेखि कालिमाटीस्थित मर्दी हिमाल ईको भिलेजतर्फ जाँदै गर्दा घलेलदेखि कालीमाटी खण्डको तादीखोलाको भीरमा गाडीमा दुर्घटना भएको बताइएको छ । 

भुजेलको शव खोलाको पानीमा तैरिरहेको अवस्थामा फेला परेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार गाडी पल्टने क्रममा भुजेल उछिट्टिएका हुन् या ज्यान बचाउनका लागि हाम फाल्ने क्रममा लडेका हुन् भन्ने कुरा यकिन भएको छैन । 

तादीखोला तरेर उकालो चढ्ने क्रममा गाडीको ब्रेकले काम नगर्दा गाडी भीरबाट ५०० मिटर तल खसेको बताइएको छ ।

 घटनास्थलमा प्रहरी पुगेर भुजेलको शव पोखरा ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ