arrow

फोनपेको “झट्ट ट्रान्सफर चट्ट कार” योजनामा मोरङका कमलले जिते कार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
fonepay-car-winner.jpg

काठमाडौँ। भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले दोस्रो पटक सञ्चालनमा ल्याएको “झट्ट ट्रान्सफर चट्ट कार” योजना अन्तरगत बम्पर उपहारमा मोरङका कमल चुडालले हुण्डाइको स्याण्ट्रो (एरा एक्जुकेटिभ) गाडी जितेका छन्।

उनले सनराइज बैङ्कबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहार स्वरूप स्याण्ट्रो जित्न सफल भएका हुन्। उनलाई फोनपेका एसिस्टेन्ट सिइओ दिवस सापकोटा र बैङ्कका नायम महाप्रबन्धक अपछ कुमार यादवले गाडीको साँचो हस्तान्तरण गरे। फोनपेले अघिल्लो वर्ष पनि यस्तै योजना सञ्चालन गरेको थियो। जसमा झापाका उज्जर अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल भएका थिए।

यो वर्ष फोनपेले असोज ३१ देखि पुस १६ सम्म योजना सञ्चालन गरेको थियो। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५ जनाले आइफोन १३ जित्न सफल भएका छन् । यस योजनामा हरेक दिन एक जनाले आइफोन जित्न सकिन्थ्यो। फोनपे मार्फत रु १० मा कुनै पनि व्यक्तिको मोबाइल नम्बर उल्लेख गरी रकम पठाउन सकिन्छ। फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैङ्क तथा वित्तीय संस्थाका मोबाइल एप्स्मा गई सेण्ड मनि गरी फोनपे डाइरेक्ट मार्फत सहजै रकम पठाउन सकिन्छ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैङ्क तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्।

यस्तै फोनपेमा हालसम्म ६ लाख १५ हजार भन्दा बढी मर्चेन्ट रहेका छन्। एक करोड ४० लाख भन्दा धेरै मोबाईल बैङ्किङ प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्स् मार्फत फोनपेले सेवा पुर्‍याउँदै आएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ