- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण संक्रमित हुनेको संख्या घट्दै गएको छ । तर कोरोना अझै खतरामुक्त भएको अवस्था भने छैन । नेपालमा पीसीआर परीक्षणबाट पत्ता लागेका अझै ३६ सय सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल पीसीआर परीक्षणबाट पत्ता लागेका ३ हजार ५९५ जना सक्रिय संक्रमित रहेका छन् । जसमा शनिबार थपिएका ८ जना पनि सामेल रहेका छन् ।
सक्रिय संक्रमितमा सबैभन्दा बढी काठमाडौंका ४०४ जना रहेका छन् । ललितपुरका ३२९ तथा भक्तपुरका ३३ जना हुन् ।
दुई सय भन्दा बढी संक्रमित रहेका जिल्लामा चितवन र रुपन्देही रहेका छन् । त्यस्तै मनाङ, रुकुम पूर्व, जुम्ला र बाजुरामा भने संक्रमितको संख्या शून्य छ ।
शनिबार थपिएका ८ जनामा काठमाडौंका ४, ललितपुर, कास्की, अछाम र डोटीका १–१ जना हुन् ।
शनिबार जम्मा १७ संक्रमित थपिएका छन् । जसमा एन्टिजेनबाट पत्ता लागेका ९ जना हुन् । यद्यपि मन्त्रालयले एन्टिजेनको गणना भरपर्दो हुन नसकेको स्वीकारेको छ ।
शनिबार थप ४०९ जनालाई निको भएको छ । कसैको मृत्यु भने भएको छैन ।