arrow

स्वतन्त्रता संग्राममा नागरिक हत्या गर्ने बङ्गालादेशी पूर्व सांसदलाई मृत्युदण्ड

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
BangladeshProtestors_Reuters.jpg.jpeg
ढाका। बङ्गलादेशको युद्ध अपराधसम्बन्धी एक विशेष अदालतले एक जना पूर्वसांसदलाई मृत्युदण्डको सजाय सुनाएको  छ । 
 
साथै उक्त अदालतले अरु सातजना राजनीतिकर्मीलाई युद्धअपराध गरेको आरोपमा जन्मकैँदको फैसला सुनाएको समाचारमा जनाइएको छ । 
 
ती सांसदले सन् १९७१ मा बंगलादेशमा भएको स्वतन्त्रता आन्दोलनमा युद्धअपराध गरेको ठहर सो अदालतले गरेको छ । साथै ती सांसदलाई सघाउने अरु सात जनालाई उक्त अदालतले जन्मकैँदको सजाय सुनाएको हो । 
 
मृत्युदण्डको सजाय सुनाइएका नेता सेखावत हुसैनले सो स्वतन्त्रता संग्रामको समयमा स्वतन्त्र बङ्गलादेशको पक्षमा लागेका नागरिकको हत्या र ज्यादति गरेका थिए । 
 
हाल उनी बङ्गलादेशका पूर्व राष्ट्रपति हुसैन मोहम्मद एर्सादको पार्टीका नेता थिए । उनी विरुद्ध कैयौँ व्यक्तिको हत्या गरेको अरोप लागेको थियो । 
 
सो आरोपको सुनुवाई बंगलादेशको राजधानी ढाकामा रहेको युद्धअपराधसम्बन्धी अदालतमा भइरहेको थियो । सो अदालतले उनलाई बुधबार दोषी ठहराएको थियो । 
 
सेखावत हुसैन सन् १९९१ म बङ्गलादेशको सांसद भएका थिए । उनी त्यस समयदेखि नै कैयौं निर्दाष नागरिकका हत्यारा र बलात्कारीका रुपमा स्वतन्त्रता पक्षधरहरुबीच चित्रित हुँदै आएका थिए । 
 
सन् २००९ मा शक्तिमा आएपछि बङ्गलादेशका प्रधानमन्त्री सेख हसिना वाजेदले सो युद्ध अपराधसम्बन्धी अदालतको स्थापना गरिन् । 
 
वाजेद बंगलादेशका स्वतन्त्रता सेनानी सेख मुजिबर रहमानी छोरी हुन् । बङ्गलादेशले सुरु गरेको स्वतन्त्रता संग्रामको समयमा भएको आमहत्या, बलात्कार, एवम् कैयौं ज्यादतिका विरुद्धमा यस अदालतले कारबाही गर्दै आएको छ । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ