- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। धनुषामा करेन्ट लागेर एक युवकको र पोखरीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । धनुषाको मुखियापटी मुसहरनिया गाउँपालिका वडा नम्बर ६ वैरियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २६ वर्षीय ललित यादव रहेको धनुषा प्रहरीले जानकारी दिए। भैँसीलाई नुहाउन मोटर खोल्दा करेन्ट प्रवाह भइ घाइते भएका ललितलाई उपचारका लागि जानकी हेल्थकेयर जनकपुरमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको अस्पताल स्रोतले बताए ।
त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ११ लक्षमण अखडा बस्ने लक्ष्मण दासका १२ वर्षीय छोरा कर्णकुमार दासको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएका छन् ।
अरगजा पोखरीमा डुबेको अवस्थामा भेटिएका कर्णलाई स्थानीयले उद्धार गरी प्रादेशिक अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिए।