arrow

नेविसंघ अन्नपूर्ण गाउँपालिका सभापतिमा विकास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ५ शनिबार
NSU.jpg

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्की अन्नपूर्ण गाउँपालिका इकाइको सभापतिमा विकास केसी चयन भएका छन् ।

पार्टीको गाउँपालिकाका प्रतिनिधि बालकृष्ण पौडेलको संयोजकत्वमा आयोजित प्रथम पालिका अधिवेशनले केसीलाई सभापतिमा चयन गरेको हो ।

भेलाले संघको उपसभापतिमा दीपक सुनार र पूजा भण्डारीलाई चयन गरेको छ । यस्तै, सचिवमा उज्वल पौडेल र सञ्जन पौडेल, सहसचिवमा सञ्जिता पौडेल र सञ्जन पौडेल, कोषाध्यक्षमा आरती अधिकारी र उमनाथ अधिकारी छन् ।

संघको कार्यसमिति सदस्यहरुमा विनिता केसी, पूर्णीमा अधिकारी, मुना पौडेल, सुजला अधिकारी, सुशील पौडेल, सन्देश कुँवर, रुपेश अधिकारी, विजय भण्डारी, सुशील केसी, सुवास पौडेल, अमृत पौडेल रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ