arrow

भनभने गुल्मी सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा लोकनाथ पन्थी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
275845273_3033737740270358_1822421474575470906_n.jpg

बुटवल । भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको पाँचौ साधारण सभाले लोकनाथ पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा साबित्रादेवी पन्थी, द्धितीय उपाध्यक्षमा विष्णुप्रसाद घिमिरे, तृतीय उपाध्यक्षमा बिष्णुहरी पन्थी, सचिवमा भोजराज घर्ती, सहसचिवमा पदम जीसी, कोषाध्यक्षमा प्रकाश पन्थी, सहकोषाध्यक्षमा नित्यानन्द पन्थी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा मिनप्रसाद पौडेल, पिताम्बर पन्थी, सुनिल घर्ती, मिनप्रसाद पन्थी, चिन्तामणी पन्थी, भुवन पन्थी, कमला केसी, जमुना पौडेल, जगत चन्द र गोपाल भण्डारी चयन भएको भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देही सल्लाहकार बुद्धि पराजुलीले बताए ।

साधारण सभासँगै वनभोजसमेत कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा भनभनेबाट रुपन्देहीमा रहेर विभिन्न पेशा, व्यवसाय तथा अध्ययन अध्यापन गर्ने धेरै जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन संस्थाका सल्लाहकार पराजुलीले गरेका थिए । 

यो समाज २०७२ सालमा स्थापना गरिएको थियो । 



नयाँ