arrow

विमानस्थल र सीमा नाकामा तीन अवस्थामा कोरोना परीक्षण गर्न मन्त्रालयको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
health-ministry.png

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका सीमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्ट डेस्कहरुलाई तीन बुँदा उल्लेख गर्दै सो अवस्थामा कोभिड१९को संक्रमण परीक्षण गर्न आग्रह गरेको छ ।

आइतबार मन्त्रालयका सहप्रवक्ता डा समिकुरमा अधिकारीद्वारा जारी विज्ञप्तीमा हेल्थ डेस्कहरुलाई कोभिड१९विरुद्धको पूर्ण खोप प्राप्त नगरेका र ७२ घण्टाभित्रको नेगेटिभ परीक्षण रिपोर्ट नभएका यात्रुहरुको नमुना परीक्षण गर्न भनिएको छ ।

यस्तै पूर्ण खोप लगाएको भए पनि र ७२ घण्टा भित्रको नेगेटिभ रिपोर्ट भए पनि लक्षण देखिएको अवस्थमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न भनिएको छ ।

यस्तै ५ वर्षमाथिका खोप नलगाएका वा ७२ घण्टा भित्रको नेगेटिभ रिपोर्ट नभएका बालबालिहरुको नमुना परीक्षण गर्न समेत मन्त्रालयले भनेको छ ।

यद्यपि, अधिकार प्राप्त स्वास्थ्य अधिकारीहरुले आवश्यक ठानेका बेला जुनसुकै व्यक्तिको पनि नमुना परीक्षण गर्न पाउने मन्त्रालयले जनाएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्ती:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ