- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा मात्रै २१ हजार ६ सय ९८ म्यादी प्रहरी खटाइने भएको छ । सरकारले स्थानीय तह निर्वाचनको सुरक्षार्थ सात वटै प्रदेश र उपत्यका गरी देशभर १ लाख म्यादी प्रहरीको दरबन्दी स्वीकृत गरेकोमा मधेस प्रदेशमा मात्र २१ हजार ६ सय ९८ जना म्यादी प्रहरी भर्ना गरिने भएको छ ।
सबैभन्दा बढी मधेस प्रदेशमा म्यादी प्रहरी खट्नेछन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम भर्ना गरिनेछ । प्रहरी प्रधान कार्यालयका अनुसार धनुषामा ३ हजार ४ सय ८६, सप्तरीमा ३ हजार १ सय ३९, सर्लाहीमा ३ हजार ८८, महोत्तरीमा २ हजार ७ सय ३६, रौतहटमा २ हजार ५ सय ८९, बारामा २ हजार ५ सय २८, सिराहामा २ हजार ३ सय ३१ र पर्सामा १ हजार ८ सय १ जना म्यादी भर्ना गरिने जानकारी दिए।
मधेस प्रदेशका ८ जिल्लामा कुल सङ्ख्याको करिब २२ प्रतिशत म्यादी खटाइँदै छ। त्यस्तै, कर्णाली प्रदेशका १० जिल्लामा ७ हजार ७१ स य३ जना म्यादीको दरबन्दी निर्धारण गरिएको छ । निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको अन्तिम विवरण निर्क्योल गरेपछि म्यादी प्रहरीको सङ्ख्यामा केही तलमाथि पर्न सक्ने प्रहरी प्रधान कार्यालयले जनकारी दिए।
विशेष गरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिनेछ । भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । छनौट प्रक्रिया भने १५ चैतबाट प्रारम्भ हुने र नतिजा २२ चैतसम्म प्रकाशन गरिनेछ ।
पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न बापत ७ हजार २ सय, पोसाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत् एक हजार र बिमा सुविधासमेत पाउनेछन् ।