arrow

भारतको राजदूतमा डा. शर्मा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
shankar-prasad-sharma.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गरेकी छन् । 

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई उक्त पदमा नियुक्त गरेकी हुन् ।

भारतले एग्रिमो पठाएपछि डा. शर्मालाई राष्ट्रपतिले आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

 मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उनलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।

यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ