arrow

१३३ यात्रु बोकेको चिनियाँ जहाज पहाडमा खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
china-eastern-airlines.jpg

काठमाडौं । सोमबार दिउँसो दक्षिणी चीनको पहाडी क्षेत्रमा १३३ जना यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । चाइना इस्टर्न एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रमा खसेको हो।

 दुर्घटना लगत्तै पहाडबाट आगो र धुवाँ निस्किएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले लेखेका छन् । उद्धारकर्ता टोली जीवितको खोजीमा घटनास्थल पुगेका छन् ।

घटनामा कसैले वा कतिले ज्यान गुमाए भन्ने विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ