arrow

इराकमा अस्पतालको प्रसूति वार्डमा आगलागी, बाह्र नवजात शिशुको मृत्यु

logo
प्रकाशित २०७३ साउन २६ बुधबार
_90739782_mediaitem90739780.jpg.jpeg
बग्दाद (इराक)। बग्दादस्थित एक अस्पतालको प्रसूति गृहमा हुँदा १२ शिशुको मृत्यु भएको इराकी अधिकारीले बुधबार जनाएका छन् । 
 
अस्पतालमा मङ्गलबार राति अबेर सुरु भएको आगलागी विद्युतीय तारको जडानमा भएको लापरबाहीका कारण हुन पुगेको बताइएको छ । 
 
अस्पतालका निर्देशक साह हतेमले आगलागीको कारण प्रारम्भिक अनुसन्धानबाट विद्युतीय तारबाट सुरु भएको बुझिएको र थप अनुसन्धान भइरहेको बताए । 
 
राति अस्पतालमा रहेका नवजात शिशुको मृत्युपछि बुधबार बिहान यारमौक अस्पताल परिसरमा जम्मा भई आफन्तजनले घटना लापरवाहीका कारण भएको भन्दै दोषीमाथी कडा कानुनी कारबाही र पिडित अभिभावकलाई राहतको व्यवस्था गर्ने माग गरेका छन् । 
 
अस्पतालले दाबी गरेभन्दा बढी शिशु आगलागीपछि हराइरहेको बताउँदै बेपत्ता शिशुका आफन्तजनले उनीहरुको सम्बन्धमा प्रशासनको जवाफ माग गरेका बताए । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ