arrow

मिथिला पेन्टिङको बजारीकरणमा सघाउने बेलायती राजदूत निकोलाको वचन

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ चैत ८ मंगलबार
mithila-paintings-brisish-help.jpg

जनकपुरधाम। नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले मिथिला पेन्टिङको बजारीकरण तथा व्यवसायीकरणका लागि बेलायत सरकारले सहयोग गर्ने बताएकी छिन् । 

राजदूत पोलिटले मिथिला पेन्टिङमा लागेका महिलाहरूलाई आर्थिक रुपमा सबल बनाउनका लागि बेलायत सरकारको प्रतिनिधिको हैसियतले आफूले सक्दो रुपमा सहयोग गर्ने वचन गरेकी हुन् । 

सोमबार उनले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर  १५ कुवा रामपुरमा रहेको नारी विकास केन्द्रको स्थलगत निरीक्षण गर्दै महिला सशक्तिकरणका लागि यसको बजारीकरण आवश्यक भएको बताइन् । 

निरीक्षणको क्रममा नारी विकास केन्द्रमा मिथिला पेन्टिङमा सक्रिय रहेका महिलाहरूले यसको बारेमा राजदूतलाई जानकारी दिँदै बजारीकरणमा सहयोग गरिदिन आग्रहसमेत गरेका थिए ।

 जनकपुरधामको कुवामा रहेको नारी विकास केन्द्रमा दर्जनौँ महिलाहरूले मिथिला पेन्टिङ, अन्य सिरामीकका सामानहरूको उत्पादन गर्दै आएका छन् । पहिले नारी विकास केन्द्रका मिथिला पेन्टिङसहितका सामानहरू देश विदेशमा निर्यात हुने गरेकोमा अहिले आएर बजारीकरणको अभावले शिथिल बनेका हुन् ।

अहिले थोरै महिलाहरू मात्र मिथिला पेन्टिङमा सक्रिय रहेको र  बेलायती राजदूतको निरीक्षण भ्रमणले यसको बजारीकरण बढ्ने आशामा महिलाहरूको रहेको छ।

निरीक्षणका क्रममा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर  रिताकुमारी मिश्र, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहितका व्यक्तिहरूले बजारीकरण गर्नमा सहयोग गरिदिन बेलायती राजदूत निकोलालाई आग्रह  गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ