arrow

आदिवासी जनजाति महासंघको महाधिवेशन कावासोतीमा : गृहमन्त्रीले उद्घाटन गर्ने

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ चैत ८ मंगलबार
jj.jpg

नवलपुर ।नेपाल आदिवासी जनजाति महासंघको दशौं राष्ट्रिय महाधिवेशन भोलि देखि नवलपुरको कावासोतीमा शुरु हुने भएको छ ।

चैत्र ९ र १० गते गरी दुई दिन सम्म चल्ने र महाधिवेशनको गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका अध्यक्ष जगत बरामले जानकारी दिएका छन् ।

दुई दिन सम्म चल्ने महाधिवेशनमा देशबाहिर रहेको शाखा, देश भित्रका जातीय संगठनका प्रतिनिधि लगायतका गरी ४ सय २० जना प्रतिनिधि र २ सय प्रवेक्षक सहभागी रहने अध्यक्ष बरामले जानकारी दिए ।

प्रत्येक ३/३ बर्षमा हुनु पर्ने आदिवासी जनजाति महासंघको महाधिवेशन पछिल्लो पटक ५ वर्षमा हुन लागेको हो । कोभिडका कारण आदिवासी जनजाति महासंघले महाधिवेशन गर्न सकिरहेको थिएन ।

महाधिवेशनले ५६ जना महिला र ५६ जना पुरुष सहितको १ सय १२ सदस्यीय नयाँ केन्द्रिय समिति चयन गर्ने छ । यस पटक पदाधिकारीकाे संख्या बढाउने तयारी भइरहेकाे अध्यक्ष बरामले बताए ।

महाधिवेशनको उद्घाटन पूर्व कावासोतीको फलफूल चोकदेखि कार्यक्रम स्थल पानस होटलसम्म आदिवासी जनजातिका जातजातिका झाँकी सहितको र्याली निकालिने छ ।

अहिलेको संघीय संरचनामा हाम्रो विमति छ : अध्यक्ष बराम

नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका अध्यक्ष जगत बरामले अहिलेको संघीय संरचनामा आदिवासी जनजातिको विमति रहेको बताएका छन ।

मंगलबार कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष जगत बरामदले पहिलो संविधान सभाको निर्वाचनमा राज्य पुनसंरचना निर्माण समितिले पेश गरेको ११ प्रदेशका संरचना अनुसारको संरचना निर्माण हुने पर्ने बताए ।

नेपाल आदिवासी जनजाति महासंघको भोलिदेखि कावासोतीमा हुने १० औं राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा कावासोतीमा पत्रकार सम्मेलन गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ