arrow

१० दिनपछि नेपालमा कोरोनाबाट एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
corona-death-pokhara.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । विगत १० दिनयता पहिलो पटक कोभिड१९बाट भएको यो पहिलो मृत्यु हो ।

यसअघि फागुन २७ गते नेपालमा एक जना संक्रमितको मृत्यु भएको थियो । त्यसयता चैत ८ गते अर्थात् आज एक जना संक्रमितको मृत्यु भएको तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको हो ।

पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस अवधिमा ४८१ जना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको सङ्ख्या २ हजार ६ सय ८८ रहेको छ भने, पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ९४ जनाको नमुना परीक्षण गरिएको थियो ।



नयाँ