arrow

दिल्लीमा विष्फोट गराउने तालिबानी चेतावनी, सुरक्षा सतर्कता उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
delhi-weekend-curfew.jpg
तस्बिर– फाइल

काठमाडौं । आतंकवादी समूह तहरीक–ए–तालिबानले भारतको राजधानी दिल्लीमा विष्फोट गराउने चेतावनी दिएको छ । तालिबानको इन्डिया सेलले ई–मेलमार्फत विष्फोट गर्ने चेतावनी दिएको हो । 

दिल्ली पुलिसका स्पेशल सेलका एक अधिकृतलाई उधृत गर्दै भारतीय संचारमाध्यमहरुले विष्फोट गराउने धम्कीयुक्त ई–मेल आएको जनाएका हुन् । 

ई–मेलमा दिल्लीमा विष्फोट गराउने कुरा गरिएको छ । योसँगै दिल्लीमा आतंकवादी खतरा देखिएको छ । धम्कीपछि दिल्लीमा उच्चतहको सुरक्षा सतर्कता अपनाइएको छ । 

दिल्ली पुलिसले मंगलबार राति सरोजनी मार्केटसमेत कयौं बजारमा सर्च अपरेशन चलाएको थियो । 

रोजिनी नगर मिनी मार्केट ट्रेडर्स एसोसिएसनका अध्यक्ष अशोक रन्वावाले सुरक्षाका कारण आज बजार बन्द हुने जनाएका छन् । 

उनले भने, ‘खतरालाई मध्यनजर गर्दैै दिल्ली पुलिसले बजार बन्द गराउने आदेश दिएको छ ।’

दिल्लीसँगै उत्तरप्रदेशमा पनि सुरक्षा सतर्कता जारी गरिएको छ । दिल्ली पुलिसका अनुसार उक्त मेल गर्ने संदिग्ध तहरीक–ए–तालिबान इन्डिया संगठनसँग जोडिएको हो । 

उक्त मेल पठाउनेलाई खोज्नका लागि ट्रयाक गर्ने कोसिस भइरहेको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ