arrow

दुई जिल्लामा दुई सयभन्दा बढी कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
corona-2021.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण घट्दो क्रममा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई जिल्लामा मात्र दुई सय भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमित भएका जिल्लामा ललितपुर र काठमाडौँ रहेका छन् । शून्य संक्रमित भएको नौ जिल्ला धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन् । नेपालमा संक्रमण दर १७.७ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा ३८ जनामा संक्रमण पुष्टि भएको छ । पाँच हजार ३७६ मा कोरोना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या दुई हजार ४५३ रहेका छन् ।

पछिल्लो समय २६९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६३ हजार ५९२ पुगेको छ । यो दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल होमआइसोलेशनमा दुई हजार ४०९, संस्थागत आइसोलेशनमा ४४, आइसियुमा २१ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ९७ हजार ३०६ जनाले खोप लगाएका छन् । 

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ